कांग्रेस सरकारमा जादैनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाई थियो । उनले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।’ कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै उजले अहिले कांग्रेस सरकारमा नजाने स्पष्ट पारेका छन् । उनले भने, ‘सरकारले ३ वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।’ रासस

कमेन्टहरु
Loading...