पोखरा, ११ पौष/विद्यार्थीहरुमा विज्ञान प्रतिको अभिरुचि बढाई उनीहरुमा प्रयोगात्मक ज्ञान र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले स्टेप वाई स्टेप उच्च मा.वि.मा प्रतियोगीतात्मक विज्ञान प्रदर्शनी भएको छ । कार्यक्रमको विद्यालयका प्राचार्य निर्मला वरालले उदघाटन गदै सहभागी विद्यार्थीहरुलाई आगामी दिनमा पनि यस्तै हौसला लिएर सहभागी हुनुपर्ने बताइन् ।
कक्षा ४ देखी ९ सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका एक सय चौविस वटा सामग्रीहरुको प्रदर्शन गरिएको थियो । प्रतियोगीतामा अस्मित श्रेष्ठ र सचित वरालले वनाएको हाइड्रोलिक डोजर, रोशन ढुङ्गानाको समूहले बनाएको मोटरवोट, अश्लेषा घिमिरेको हावाको तौल प्रर्दशनीका मुख्य आकर्षणको केन्द्र बनेको थियो ।
प्रतियोगितामा विद्यार्थीहरुले शिक्षक सिकाई क्रियाकलापमा प्रयोग हुने बिभिन्न सामग्रीहरु विद्युतिय डुङ्गा, साधारण यन्त्रहरु, रकेट, केवल कार, ज्वालामुखी विस्फोटन, सौर्यमण्डल, सौर्यशक्ती आदि प्रदर्शन गरेका थिए । प्रतियोगीतामा सिनियर तह तर्फ अस्मित श्रेष्ठ र सचित बरालको समूह प्रथम, सुरेश भारती र सुशिल सुवेदीको समूह द्वितिय, रोशन ढुङ्गाना, कुशल उप्रेती र विजय पौडेलको समूह तृतीय हर्षनन्दन सिंह र कुशल वरालको समूह साथै चिजा गुरुङ्ग र भगवती श्रेष्ठको समूह चौथो भयो ।
त्यसै गरि लोवर सिनियर तह तर्फ सुशान्त तिमिल्सिना प्रथम, राजिव पराजुली द्वितिय, विप्लव बराल तृतिय, सिजन लामिछाने र समिप आचार्यको समूह साथै प्रशन्न पराजुली र विज्ञान पौडेलको समूह चौथो भयो । जुनियर तह तर्फ राधा सोनी प्रथम, प्रदिप शर्मा र उमन थापाको समूह द्वितिय, अश्लेषा घिमिरे तृतिय, सोनु जैसवाल र किरन पौडेलको समूह साथै स्वस्तिका ढकाल र सुस्मीता के.सी. को समूह चौथो भयो ।
कार्यक्रममा विद्यालयका निर्देशक रमाकान्त बराल, शिक्षकहरु जगन्नाथ घिमिरे, सूर्य प्रसाद लम्साल र वम वहादुर थापाले प्रर्दशनीको बारेमा जानकारी दिएका थिए ।