काठमाडौं । परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जय शंकरबीच भेटवार्ता सुरु भएको छ। दिल्लीको हैदरावाद हाउसमा सुरु भएको वार्तामा कोरोनाविरुद्धको खोप खरिद र अनुदानबारे छलफल हुने भारतस्थित नेपाली दूतावास स्रोतले बताएको छ । साथै वार्तामा इपीजी, द्विपक्षीय सम्बन्ध बारेमा समेत छलफलत हुने भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली बिहीबार भारतको नयाँदिल्ली पुगेका हुन्। त्यसक्रममा समकक्षी एस जयशंकरसँग उनको भेटवार्ता भएको हो । यसपछि संयुक्त आयोग बैठक सुरु हुने छ ।