पोखरा । बहुचर्चित गायक रामजी खाँण र गायिका तुलसी क्षेत्री आवाजमा रहेको ‘मनले रोजेको’ गीत सार्वजानिक भएको छ । शर्मिला अधिकारीको उक्त गीतमा दिपक अधिकारीको शब्द रहेको छ भने सन्तोष सुवेदीको संगीत रहेको छ ।
रामजी खाँणको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गीतको भिडियोलाई शुशिल नेपालीले निर्देशन गरेका छन् । भिडियोमा शुशिल नेपाली, सन्तोष सुवेदी, आशिका क्षेत्री र शर्मिला अधिकारीले कम्मर मर्काएका छन् । गणेश सापकोटाले खिचेको भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् । गीतमा पोखराको काँहुडाँडाको रमणीय दृश्यलाई कैद गरिएको छ ।