थप ४०३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४ सय ३ जनामा संक्रमण देखिएको हो।

योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५ सय ४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै आज देशभरबाट ४ सय ५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ। बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९ सय ४३ पुगेको छ।

कमेन्टहरु
Loading...