नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको तयारी

काठमाडौँ । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा पनि दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चिसिएको सम्बन्धको सुधारको रणनीति मात्रै रहेको छ । यतीबेला परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तीन दिने भ्रमणमा छन् ।

उक्त भ्रमणका क्रममा बेला नेपाली पक्षले कोरोनाविरुद्धको खोप खरीदको प्रस्ताव भारतसमक्ष गर्नेछन् । साथै यही समयमा भारतले आफ्नोतर्फबाट केही खोप अनुदानमा पनि नेपाललाई दिने गरी सम्झौता गर्ने तयारी गरेको ती अधिकारीले बताए।

प्रधनमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्री हृदयस त्रिपाठीले यसअघि नै नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले भारतले अनुदानमा पनि खोप दिन लागेको संकेत गरे। उनले नयाँदिल्ली प्रस्थान गर्नुुभन्दा केहीबेर अघि खोपको खरिद र अनुदानका विषयमा छलफल गर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...