पोखरामा २१ सहित प्रदेशमा थपिए ४० कोरोना संक्रमति

पोखरा । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशको ६ जिल्लाका गरि ४० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमतिमध्ये २१ जना पोखरा महानगरपालिकाका रहेका छन् ।

त्यस्तै तनहुँमा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यता पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै लमजुङमा ८ जना, म्याग्दीमा ३ जना, बागलुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार ८८ पुगेको छ ।

कमेन्टहरु
Loading...