गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९७ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रदेशमा थप १ जनाको कोरोना भाइरसबाट ज्यान गएको जानकारी दिएको हो ।

कोरोनाबाट ज्यान गुमाउनेमा नवलपरासी पूर्व मध्यविन्दू नगरपालिका ४ का ७३ वर्षिय पुरुष रहेका छन् । उनको मध्यविन्दू अस्पताल नवलपरासीमा उपचारका क्रममा बुधबार ४ बजेर बजेर १० मिनेट जाँदा ज्यान गएको हो ।

उनलाई पुस २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९७ पुगेको छ ।

कमेन्टहरु
Loading...