काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बिहीबार दिउँसो बस्दैछ । संसद् विघटनविरुद्ध संघर्षको छलफल गर्न पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।
यसअघि यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो । यो समूहले संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ । नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।