कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । उनी संविधानसभाका सदस्यसमेत थिए ।

उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

कमेन्टहरु
Loading...