पोखरा १० पुस/पोखरा ८, सिमलचौरमा रहेको पोखरा लिङ्कन इन्टरनेश्नल कलेजको एक कार्यक्रमका बीच उद्घाटन भएको छ । लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाका उपकुलपति प्रा.डा. अमिया भौमिकले उद्घाटन गरेका हुन । सिमलचौर स्थित लिटिल स्टेप उच्च माध्यमिक विद्यालयको परिसरमा अवस्थित कलेजले यसै वर्ष लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाको सम्बन्धन र नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरेको छ ।
लिटिल स्टेप उच्च मा.वि.का संस्थापक द्वय शेर बहादुर गुरुङ्ग र पम्फा गुरुङ्ग तथा बी.एम.जी. उच्च मा.वि.का संस्थापक द्वय भीमसेन गुरुङ्ग तथा इन्दिरा गुरुङ्ग कलेजका संस्थापक रहेका छन । कलेजले रेगुलर मोडको ४ वर्षे वि.वि.ए. र ४ वर्षे वि.एच.एम. कार्यक्रम यसै शैक्षिक सत्रदेखि संचालन गरेको र विशेष गरी पोखराको पर्यटकीय क्षेत्रलाई मध्य नजर राख्दै यहाँको न्युन र मध्यम स्तरको जनशक्तिको अभावलाई पूर्ण गर्ने उद्देश्यले स्थानपना भएको संस्थापक शेर बहादुर गुरुङ्गले जानकारी दिए ।
विद्यार्थीलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरको तालिम, सेमिनार, गोष्ठी, विभिन्न केस अध्ययन तथा खोज, प्रिजेन्टेशन, गु्रप छलफल, औद्योगिक भ्रमण, अन्तर्राष्ट्रिय गेष्ट लेक्चर, आन्तरिक तथा बाह्य विभिन्न क्रियाकलापको माध्यमबाट समेत पठन–पाठन गराउने गराइने उनले बताए । इ–लाईबे्ररीको माध्यमबाट र अनलाइन अध्ययन तथा प्रत्यक्ष र नियमित लेक्चरको माध्यमबाट समेत अध्ययन गराइने भएकोले यस प्रोग्रामबाट विद्यार्थीहरु बढी लाभान्वित हुने गुरुङ्गले बताए ।