सीमा विवाद समाधान गर्न लामो समय लाग्छ: पूर्वभारतीय राजदूत रे

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले सीमा विवादको समाधान गर्नुपर्ने बताएका छन् । उनले तत्काल दुई देश बिच रहेको सीमा विवाद समाधान गर्न संवाद सुरु गर्नुपर्नेमा जोड दिएका छनर ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने बताएका हुन् ।

उनले भनेका छन्, ‘यो समस्या समाधान गर्न लामो समय लाग्नसक्छ तर हामीले कुनै न कुनै रुपमा शुरु चाहिँ गर्नुपर्छ । दुई देशका सर्वे विभागले काम शुरु गर्न सक्छन्, परराष्ट्र सचिवको विचमा वार्ता गर्न सकिन्छ र राजनीतिक तहमा पनि वार्ता गर्न सकिन्छ ।’

कमेन्टहरु
Loading...