नवप्रभात मा.विमा कक्षा ११ का नवआगन्तुक बिद्यार्थीलाई स्वागत

पोखरा-९ नयाँबजारमा रहेको नवप्रभात मा.विले कक्षा ११ मा अध्ययनरत नवआगन्तुक बिद्यार्थीलाई बुधबार एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

बिद्यालयले कक्षा ११ अन्तर्गत कानुन र ब्यवस्थापन बिषयमा यसै बर्षबाट अध्ययन अध्यापन कार्य सुरु गरेको हो । कानुन र ब्यवस्थापन बिषयमा बिभिन्न ठाँउबाट बिद्यालयमा आएका बिद्यार्थीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमखु अतिथिको रुपमा रहनुभएका पोखरा महानगर शिक्षा महाशाखाका बिद्यालय निरिक्षक जीवन रेग्मीले नवप्रभात मा.वि पोखराको शैक्षिक गतिबिधिमा अग्र पङ्तीमा रहेकोले संख्यात्मक सँगै गुणात्मक रुपमा पनि अगाडी बढ्न शुभकामना दिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दिपेन्द्र मर्सानीले नवप्रभात मा.विलाई पोखराको नमुना बिद्यालयको रुपमा बिकास गर्न आफुहरु दिनरात मेहनतमा जुटेकोले बिद्यालयले प्रदान गर्ने शिक्षाका ढुक्क रहन बिद्यार्थीलाई आश्वस्त पारे ।

प्रात संयोजक सूर्यबहादुर थापाले आफुले नवप्रभात मा.विका बिद्यार्थी शैक्षिक र अतिरिक्त क्रियाकलापमा पोखरामै अग्र पंङतीमा रहने गरी कार्यक्रम अगाडी बढाउन दृढ भएर लागेको र बिद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा कक्षा १० का सौरभ बमरेलले नवआगन्तुक बिद्यार्थीका लागि स्वागत मन्तब्य राखेका थिए भने कक्षा ११ का नवआगन्तुक बिद्यार्थीका तर्फबाट अमृता पौडेल, सुदिप खातीले धन्यवाद मन्तब्य राखेका थिए ।

बिद्यालयका शिक्षक बिनप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा कक्षा ९, १० र ११ का बिद्यार्थीहरुले आफ्ना गीत, कबिता, गजल, नृत्य लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

बिद्यालयले प्रात सत्रमा कक्षा ९, १० सञ्चालन गर्दे आएकोमा यसै बर्षबाट कक्षा ११ मा कानुन र ब्यवस्थापन बिषयको पढाईको पनि सुरुवात गरेको छ ।

असोजको दोस्रो साताबाट प्रात सत्रका कक्षाहरु नियमित रुपमा सञ्चालन हुदै आएको र कक्षा ११ मा कानुन र ब्यवस्थापन संकायमा नवप्रभातमा बिद्यार्थीको आकर्षण बढेको प्रात संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...