इन्सेकको आयोजनामा शिक्षा,स्वास्थ्य , खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ मा शिक्षा,स्वास्थ्य , खाद्य र आवासको सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार समुहको संयोजक सूर्य पौडेलले इन्सेकसंगको सहकार्य गर्दै वडामा मानवअधिकारको संरक्षण र प्रर्वद्धन गर्दै अगाडी बढ्ने बताए ।

कार्यक्रममा मानवअधिकार समुहका सदस्यहरुले शिक्षा , स्वास्थ्य , खाद्य र आवासका अधिकारका सवालमा समस्या र गुनासो सुनाएका थिए।

मानवअधिकार सदस्य राजु परियार वडामा अझै पनि भुकम्प प्रभावित घरहरु बन्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

उनले खुदी खोलाको कटानबाट प्रभावितहरुलाई वडाले उचित व्यबस्थापन गर्नुपर्ने भनाइ राखे ।

वडा सदस्य विष्णु प्रसाद तिवारी कार्यक्रम गर्नका लागि मात्रै भन्दापनि त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिए ।

उनले मानवअधिकारका सवालमा इन्सेकको पहल कदमी प्रशंसनिय रहेको बताउँदै नागरिकका समस्यालाई समाधानका लागि प्रयासरत रहेको भनाइ राखे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख विश्वराज आचार्यले शिक्षाको संवैधानिक निति , महानगरका योजनाका बारेमा जानकारी गराए ।

उनले वडामा संचालन भएका सामुदायिक अध्ययन केन्द्रलाई प्रभावकारी बनाउन समुहले भुमिका खेल्नुपर्ने बताए ।

मानवअधिकार समुहका सदस्य ढक बहादुर थापाले विद्यालयमा व्यबहारिक शिक्षा आवश्यक रहेको भन्दै पाठ्यक्रमलाई व्यबहारिक र सिप मुलक बनाउनुपर्ने भनाइ राखे ।

पोखरा महानगर स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले महानगरले स्वास्थ्यका क्षेत्रमा नागरिकहरुलाई प्रदान गर्ने सेवा बारे जानकारी गराए।

उनले शहरी स्वास्थ्य केन्द्रमा ३२ थरी औषधी निशुल्क वितरण भैरहेको बताउँदै त्यो उपलब्ध भए नभएको पनि समुहले अनुगमन गरि सुझाव दिनुपर्ने भनाइ राखे ।

शहरी स्वास्थ्य केन्द्रको अहेव शोभा बुढाथोकीले स्थानियहरुले आफुहरुलाई अविश्वास गर्ने गरेको बताउँदै सरकारी स्वास्थ्य सेवा लिन जनता समेत अग्रसर हुनुपर्ने बताइन् ।

वडा स्तरिक कृषी संजालका संयोजक तथा मानवअधिकार समुह सदस्य पदमराज तिवारीले कृषी सञ्जाल गठन गरिएपनि त्यसको परिचालन र प्रभावकारी रुपमा कृषकका समस्यालाई सम्बोधन गर्नका लागि आवश्यक बजेटको अभाव रहेको गुनासो राखेका थिए ।

कमेन्टहरु
Loading...