पोखरा । पोखरामा चेरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा ११ फुलबारीकी २२ वर्षीय एलिसा गुरुङ तथा पोखरा १३ का ३० वर्षीय विजय सुनारलाई चोरीको सामानसहित पक्राउ गरेको हो ।
प्रहरीले गुरुङलाई पुस २७ गते पोखरा ४ बाट करिब साढे ५ बजे तथा सुनारलाई पुस २८ गते पोखरा ११ बाट पक्राउ गरिएको जानकारी दिएको छ । पोखरा ७ घारीपाटन बस्ने २१ वर्षीय रमिला पौडेलकी ५ वर्षीय छोरीलाई गुरुङ तथा सुनार दुवै जनाले ललाइफकाई एकान्तमा लगेर सुनको १ जोर मुन्द्रा चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले गुरुङलाई पक्राउ गरेर सोधपुछ गर्दा घटनामा संलग्न भएको पाइएपछि सुनारलाई समेत पक्राउ गरेको हो । सुनारले रानीपौवामा सुन पसल सञ्चालन गर्ने प्रहरीले बताएका छ । पक्राउ परेका दवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।