पोखरा । नेपालमा थप ४ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ८४ जना महिला तथा २ सय ६१ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।
हाल नेपालमा ४ हजार ४ सय ८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ४ सय १४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप५ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय ३७ जना पुगेको छ ।
हाल नेपालमा १ हजार १ सय ७ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ४४ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ३५ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै ताप्लेजुङ, कालिकोट, रुकुम पश्चिम, बाजुरा तथा मुगु सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।