अन्नपूर्णका नेकपा निकट जनप्रतिनिधि सबै ओली पक्षमा

अन्नपूर्ण गाउँपालिकामा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले केपी ओली नेतृत्व गरेको नेकपामा रहने घोषणा गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडा नं २ अध्यक्ष चुडामणी अधिकारी ,३ का चन्द्र बहादुर गुरुङ, ७ का अध्यक्ष घनश्याम चापागाँई , १० का अध्यक्ष कुमार प्रसाद गुरुङ , ११ का अध्यक्ष हिम बहादुर गुरुङले आफुहरु केपी ओलीले नेतृत्व गरेको नेकपाको पक्षमा रहेको बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले पार्टीको मुलधार छाडेर कतै नजाने बताइन् ।

यस्तै वडा नं ३ का अध्यक्ष चन्द्र बहादुर गुरुङले समृद्ध नेपाल सुखि नेपाली निर्माणको अभियानमा आफुहरु निरन्तर लागिरहने बताए ।

‘राष्ट्रियता , विकास र जनताको भावना बुझ्ने नेता केपी ओली जसले देशलाई समृद्ध बनाउँछु भनेर अगाडी बढ्दा चारैतिरबाट घेरावन्दी गरेर असफल बनाइयो त्यसैले ती षडयन्त्रकारी पक्षमा लाग्न सकिदैन भन्दै केपी ओलीले नेतृत्व गरेको मुल पार्टीकै पक्षमा उभिएका छौं’, वडा नं ३ का अध्यक्ष चन्द्र बहादुर गुरुङले भने ।

अन्नपूर्ण गाउँपालिकामा पूर्व एमालेबाट निर्वाचित हाल नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट रहेका सबै जनप्रतिनिधिहरु केपी पक्षमा खुलेका हुन् ।

कमेन्टहरु
Loading...