गन्थन डेस्क
भोली माघ १ गते, अर्थात माघे संक्रान्ति । यसलाई मकर संक्रान्ति र तराइमा माघी पनि भनिन्छ । माघिको केही फरक विशेषता भएपनि माघे वा मकर संक्रान्तिको साइनो कन्दमुलसँग छ । माघे संक्रान्तिमा खाइने परिकार तरुल, चाकु र सखरखण्ड हो ।
पोखराका बजारमा यतिबेला यिनै खाद्यवस्तु बिक्रीमा राखिएको छ । तरकारी बजारदेखि फुटपाथसम्म व्यापारीले तरुल राखिरहेका छन् । बजारमा व्यापारीसंगै तरुल देखि सखरखण्डको फरक भाउ छ ।
पोखराको बजारमा धादिङ,गोर्खा, रुपाकोट कास्कीबाट संक्रातिको परिकार आउछ । फरक स्थानबाट आयातित दर भाउ पनि फरक छ । पोखरामा नजिकैबाट ल्याएको रुपाकोट गाउँपालिकाको भाउ धादिङ र गोर्खाबाट ल्याएको भन्दा बढी छ ।
धादिङ र रुपाकोटबाट आएको वन तरुलको बजार भाउ ३ सय, पनछे तरुलको २ सय, घर तरुलको १ सय रुपैयाँ रहेको छ । त्यस्तै, सेतो सखरखण्ड र रातो सखरखण्ड दुबैको बजार भाउ १ सय रुपैयाँ रहेको छ । वन तरुलको भाउ ४ सय, घर तरुलको १ सय ५० रहेको छ भने सखरखण्ड प्रतिकिलो ७० रुपैयाँमा बेचबिखन भइरहेको छ ।
बजारमा माघमय भएर तरुल र सखरखण्डको राखिएपनि व्यापारीले यसवर्ष त्यति व्यापार नभएको बताएका छन् ।
विगतका वर्ष जस्तै यसवर्ष पनि सन्जिता थापा मगरले तरुल बेच्ने राखेकी छिन् । तर यसवर्ष खासै व्यापार नभएको उनी बताउँछिन् । अघिल्लो वर्ष मैले २ बोरा तरुल र सखरखण्ड बेचिसकेको थिए अहिले त त्यही नि व्यापार छैन’ उनी भन्छिन् । यसवर्ष उनले १ बोरा तरुल र २ बोरा शंखरखण्ड बेच्न राखेकी छिन् । १ बोरामा कुनैमा ५५ हुन्छ भने कुनैमा ४५ किलो ।
अर्की बिक्रेता सरिता भण्डारि पनि यसवर्ष खासै व्यापार नभएको बताउँछिनु् । कोरोनाका कारण यसवर्ष तरुलको भाउ महंगो भएका कारण पनि व्यापार नभएको उनको गुनासो छ । ‘यसवर्षको हाम्रो खरिद भाउ नै अघिल्लो वर्ष भन्दा धेरै बढी छ, अनि व्यापार कसरी होस्’ उनले सुनाईन्। उनले यसपालि खरिद भाउ आफैलाई महंगो परेर १/१ बोरा शंखरखण्ड र तरुल बेच्न राखेकी छिन् ।