पोखरा । पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डाग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ की ६४ वर्षीय १ जना महिला तथा ३ का ४६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २९ र ५३ वर्षीय २ जना महिला तथा २८, ३५ र ५५ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा ८ मा ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५४३ र ७० वर्षीय २ जना महिला तथा ४ वर्षीय १ जना बालक रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३९ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै १९ नम्बर वडामा ७५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ३३ पुगेको छ ।