स्कुटर किन्दा शाहीलाई सात लाख रुपैयाँ पुरस्कार

पोखरा, पुस ६ गते/पोखरा उपमहानगरपालिका वडा नम्वर एक बगरका प्रेमकुमारी शाहिले स्कुटल किन्दा साता लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । पोखराको नयाँ बजारमा रहेको एशियन अटोमोवाइल्र्सले दशै तिहारको असवरमा संचालन गरेको डम्फुमा टयाप टयाप ७ लाख रुपैयाँ झयाप बम्पर उपहार अन्र्तगत शुक्रबार काठमाडौमा गरिएको लक्की ड्रमा शाहीलाई सात लाख रुपैयाँ पुरस्कार परेको एशियन अटो मोवाइल्सका संचालक किशनमान बुद्धाचार्यले जानकारी दिए ।

दशै तिहारमा संचालन भएको बम्पप उहार अन्र्तगत शाहीले महेन्द्र रोडियो आर जेड कालो रङको स्कुलटर किनेकी थिन् । कुपन नम्वर २९१७ रहेको थियो । उनको स्कुटर किन्दा स्क्याच कुपनमा पहिले पनि सात हजार रुपैयाँ प्राप्त गरेकी थिइन् ।

एशियन अटोमोवाइल्र्सले दशै तिहारको असवरमा संचालन गरेको डम्फुमा टयाप टयाप ७ लाख झयाप बम्पर उपहार कसैलाई पनि उपहार नपरेपछि एक जनालाई दिनैपर्छ भन्ने मान्यता अनुरुप लक्की ड्र गरिएको र लक्की ड्र मा शाहीलाई सात लाख रुपैयाँ उपहार परेको संचालक किसनमान बुद्धाचार्यले जानकारी दिए । शुक्रबार महेन्द्र टु हिल लक्सका संजिव सिह र शंकर गु्रपका प्रवन्ध निर्देशक साहिल अग्रवालले संयूक्त रुपमा लक्की ड्र गरेका बुद्धाचार्यले जानकारी दिए ।

कमेन्टहरु
Loading...