पोखरा । कोरोना महामारीका कारण अहिले नेपालको मात्रै नभई विश्वभरिको आर्थिक क्रियाकलापमा सुस्ती आएको छ । महामारीकै कारण नेपाल जस्ता अति विपन्न राष्ट्रमा यसको प्रभाव परेको देखिन्छ । कोरोना महामारीले शिथिल अर्थतन्त्र र पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै गण्डकी प्रदेशमा यो क्षेत्रसंग सम्बन्धित संघ संस्था र सरकारी निकाय क्रियाशील हुन थालेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पर्यटन पुनर्जागरणका निम्ति नेपाल पर्यटन बोर्डको सहयोगमा गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपुरबाट सुरु भएको प्रवद्र्धन यात्रा पोखरा हुँदै बाग्लुङको ढोरपाटनसम्मको यात्रा तय गर्दै पोखरामा पुगि समापन भएको थियो । गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा क्रियाशील डेढ दर्जन पत्रकारको टोलीले प्रदेशका विभिन्न पर्यटकिय गन्तव्यको भ्रमण सहित स्थानीय र सरोकारवालासंग कोरोना कहरपछिको अवस्था र अबको समाधान खोज्ने क्रममा अन्तरक्रिया समेत गरेको थियो । गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको स्थानीय संयोजनमा सुरु भएको प्रवद्र्धनात्मक यात्रा पोखरा हुँदै बाग्लुङ पुगेको थियो । सो टोलीले पत्रकार महासंघ बाग्लुङको कार्यालयमा कार्यक्रम आयोजना गरि अन्तरक्रिया सम्पन्न गरेको महासंघ बाग्लुङका अध्यक्ष दिल श्रीसले बताएका छन् ।
तत्पश्चात टोलीले बाग्लुङको नयाँ पर्यटकीय गन्तव्य पन्चकोट हुँदै नेपालको ढोरपाटन शिकार आरक्षणको स्थलगत अवलोकनसहित त्यहाँका स्थानीय र पर्यटन सम्बन्धी निकाय तथा आरक्षण व्यवस्थापनसंग अन्तरिक्रिया ग¥यो । कार्यक्रममा सो स्थानका स्थानीयहरुले आफूहरु पर्यटकको स्वागत गर्न आतुर भएको बताउँदै घुम्न आउन आग्रह गरेका थिए । सो अवसरमा आरक्ष सुरक्षार्थ खटिएको शत्रुमर्दन गुल्मका गुल्मपति नरेश अर्यालले बाटोको व्यवस्थित पूर्वाधार तयार हुँदै गरेको र सो निर्माण सम्पन्न पछि त्यहाँको पर्यटनले थप उचाइ लिने विश्वास व्यक्त गरे । रेन्जर प्रकाश पोखरेलले आरक्षको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
टोलीले बाग्लुङको अर्को पर्यटकीय स्थान तारा खोला गाउँपालिकाको स्थलगत अवलोकन गरी त्यहाँका स्थानीयसंग साक्षात्कार ग¥यो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर लगायतका पदाधिकारी र स्थानीयले सो पालिकाको पर्यटनका विशेषताको बारेमा टोलीलाई अवगत गराएको थियो । अध्यक्ष घर्ती मगरले स्थानीय उत्पादनसँग जोडेर गाउँपालिकाले कृषीमा आधारित पर्यटनको राम्रो सम्भावना सो क्षेत्रमा रहेको भन्दै पत्रकारहरुलाई सोही अनुसार प्रचार गरिदिन आग्रह गरेका छन् ।
गण्डकी देशको महत्वपूर्ण पर्यटनको केन्द्रविन्दु र सम्भावना भएको प्रदेश भएकोले कोरोनाले सृजित अप्ठ्यारोको पहिचान सहित निराकरणका उपाय खोज्दै यसलाई पुरानै लयमा फर्काउनु सबैको कर्तव्य भएको अध्यक्ष त्रिभुवन पौडेलले बताए । उनले पत्रकारिता क्षेत्रमार्फत् थप पर्यटन प्रवद्र्धनका कार्यक्रम तय गरिने प्रतिक्रिया दिए ।
महासचिव गणेश पौडेलले पर्यटकिय गन्तव्यको समस्याको पहिचानमा कार्यक्रम सफल भएको दावी गर्दै पर्यटनको पुनरुत्थानमा आ–आफ्नो क्षेत्रबाट लागिपर्न प्रदेशवासीलाई आह्वान समेत गरेका छन् ।