काठमाडौं । भारतको जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिन अभियान थालेको छ । सोमबार उक्त च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएको थियो ।
सोही च्यानलले नै सगरमाथाको नाम परिर्वतन गरेर भारतीय नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने विवादास्पद रिर्पोट प्रसारण गरेको हो । सर्वोच्च शिखर सगरमाथामा भारतले समेत दावी गर्नुपर्ने उनको माग रहेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई राधानाथ सिकदरले नापेकाले उनकै नामबाट सगरमाथाको नामाकरण गरिनुपर्ने चौधरीले उक्त रिपोर्टमा भनेका छन् । सगरमाथाको नाम नै परिर्वतन गर्न आफूले अभियान नै सञ्चालन गरेको चौधरीले बताएका छन् ।