पोखरामा रहेको एसआर पार्टी प्यालेसमा प्रचण्ड माधव नेपाल समुहको भेला सम्पन्न भएको छ ।
भेलामा प्रचण्ड माधव नेपाल निकटका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
भेलामा सम्बोधन गर्दै प्रचण्ड माधव दुवैले केपी ओलीको चर्को आलोचना गरेका थिए ।
अचम्म त के देखियो भने कार्यक्रममै प्रचण्ड पक्षघरकाले प्रचण्डको पक्षमा नारा घन्काएका थिए भने माधव नेपाल पक्षधरकाले माधवको पक्षमा नारा घन्काएका थिए ।
प्रतिकुल मौसमका बावजुद पोखरा आइपुगेका नेताद्धयले सभाहल भित्र सम्बोधन गर्दै गर्दा अधिकांश कार्यकर्ता भने बाहिर खाजा खानमै व्यस्त देखिए ।
बिहान ८ बजे नै पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर धारणा सार्वजनिक गर्ने प्रचण्ड नेपालको योजना मौसमका कारण तुहिएको थियो ।