तनहुँ संवादाता ।
पर्यटकीय नगरी बन्दीपुरमा युरोपेली युनियनका राजदुत नियोडा डिप्रेज आएकी छिन् ।
राजदुत नियोडा गाउँपालिकाको निमन्त्रणमा मंगलबार बन्दीपुर आएकोअध्यक्ष पुर्णसिंह थापाले बताए ।
विकास निर्माणका कामसँगै पर्यटकीय नगरी बन्दीपुरको बारेमा राजदुतलाई जानकारी गराएको उनले बताए ।
राजदुत नियोडाले बन्दीपुर घुमेपछि बन्दीपुरको मनोरम दृश्य, प्राकृतिक सौदर्यले मन नै लोभ्याएको बताइन ।
‘यो ठाउँ पर्यटकको लागि उपयुक्त रहेछ, तर अहिले कोभिडका कारण पर्यटकहरु आउन सकेका छैनन् । कोभिड पछि यहाँ पर्यटक आउँछन् त्यसको लागि हामी पनि सहयोग गर्छौ,’ राजदुत नियोडाले भनिन् ।
नियोडा गोरखाको बारपाकमा भुकम्पले क्षति पुगेपछि बनेको वस्तीको अवलोकन गरी बन्दीपुर आएकी हुन् ।
बन्दीपुरमा एक घण्टा समय विताएकी उनले अर्कोपटक फेरी एक दुई दिन बस्ने गरी बन्दीपुर आउने बताएको अध्यक्ष पुर्णसिंह थाापाले जानकारी दिए ।
‘राजदुत नियोडालाई मायाको चिनो र झोला दिएर विदाइ गरिएको छ,’ उनले भने ।
गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँ बन्दीपुर भएपनि पछिल्लो समय फैलिएको कोरोनाका कारण यहाँको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।