पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा देभभर ४३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३ सय जनाको पिसिआर परिक्षणमा ४ सय ३० जनामा कोरोना संक्रमण देखिएको हो।

हालसम्म १९ लाख ९२ हजार ८ सय ५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६ सय ९८ जनामा संक्रमण देखिएको छ। ३ सय ९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै २ लाख ५९ हजार ३ सय ५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार ९ सय ३२ पुगेको छ। आज देशभर ४ हजार ४ सय ८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

कमेन्टहरु
Loading...