विद्यार्थी नेताले ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई देखाए कालो झण्डा

सर्लाही। सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलका नेताले जनाएका छन् ।

कमेन्टहरु
Loading...