दाने भेलामा माधवले भनेः ‘बालुवा पेलेर तेल निस्कन्न, केपी ओली सुध्रिन्न’

गन्थन डेस्क

पोखरामा नेकपा, दाहाल-नेपाल (दाने) समर्थित बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले बाटो बिराएको टिप्पणी गरे ।

ओलीको हठले देशलाई अस्थिरतातर्फ उन्मुख गराएको भन्दै उनलाई सुधार्न हदैसम्म प्रयास भएको बताए । जति गरेपनि सुधार्न नसकिएको भन्दै अध्यक्ष नेपालले भने, ‘बालुवा पेलेर तेल निस्कन्न, केपी ओली सुध्रिन्न ।’

सोही प्रसंगमा नेपालले ओलीलाई गल्ती नस्वीकारे भलो नहुने चेतावनीसमेत दिए ।

केपी ओली सुरुदेखि नै गुटबन्दीमा लागेका हुन् उनले भने चाहे म महासचिव हुँदा होस्, चाहे अहिले उ आफै प्रधानमन्त्री होस् । गुटबन्दी र अहंकार ओलीको पर्याय भएको उनको अभिव्यक्ति छ ।

सुरुदेखि नै आफ्नो विरोधी को छन् ? भन्दै नियाल्दै बस्ने ओलीको खुराफाती बानी रहेको भन्दै नेपालले त्यसैको नतिजाले संसद विघटन गराउन पुगेको उल्लेख गरे । उनकै कारणा गण्डकी प्रदेश, अाेलीविहीन प्रदेश भएकाे बताउँदे नेपालले बाटाे बिराएका साथीलाइ मूल पार्टी नेकपामा फर्कन अपील गरे ।

सम्बाेधनकाे सुरूदेखि अाेलिप्रति अाक्राेशित भएका नेपालले उनलाइ कम्युनिष्ट भन्नै नमिल्ने तर्क गरे । ३ वर्षमै पार्टीलाइ छिन्नभिन्न र निष्क्रिय बनाएकाे भन्दै कसैकाे कुरा नसुन्ने र बहस नगर्ने बानीप्रति नेपालले कडा अालाेचना गरे ।

त्यस्तै, केपी अाेली नेकपाकाे नभइ केपी फाउण्डेशनकाे अध्यक्ष भएकाे बताउँदै नेपालले सूर्य चिन्ह ल्याउने मान्छे माधवकुमार नेपाल भएकाे बताए ।

कमेन्टहरु
Loading...