प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नेपालको ठूल्दाइ र नेपाल भारतको सानो भाइ हुन नसक्ने बताएका छन् ।
भारतीय टेलिभिजन जी न्यूजमा अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा ठूलो सानो भएपनि दुइ देश सार्वभौमसत्ता सम्पन्न देश समान रहेको बताए ।
‘भुगोलमा, जनसंख्यामा ठूलो या सानो हुन सकौला तर छोटे बढे भाइ होइनौ । एक देशको रुपमा छोटो बढे होइनौ’, ओलीले भने ।
ओलीले मोदी र आफु व्यक्तिगत सम्बन्धमा उमेरले सानो ठूलो भएपनि देशको प्रधानमन्त्रीको हैसियतमा समान नरहेको बताए ।
त्यसअघि प्रस्तोता सुधिर चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७० वर्ष उमेरका र तपाई ६७ वर्ष उमेरको भएकोले दाइ भाइ हुँदैन भन्ने प्रश्न गरेका थिए ।