आगामी चुनावमा आफै सत्तामा आउने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दाबी गरेका छन् ।

भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे ।

यदी बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठूलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे ।

नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...