तनहुँ संवादाता ।
उर्जा मन्त्री टोपबहादुर रायमाझीले नेताहरुले आफनै घरमा आगो लगाएर हिँड्ने काम गरेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोमबार तनहुँको दमौलीमा गरेको जिल्लास्तरीय भेलालाई सम्वोधन गर्दै मन्त्री रायमाझीले सो कुरा बताएका हुन् ।
उनले भने ‘अहिले एउटा प्रमाण के छ भने तीन वर्षसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारमा रहेर साथीहरुले काम गर्नभयो । अहिले मन्त्री भएर वाहिर निस्कदा आफुपनि निस्कने प्रधानमन्त्रीलाई पनि अविस्वासको प्रस्ताव राखेर सडकमा लैजाने । आफु जादाखेरी प्रधानमन्त्रीलाई पनि लिएर जाने र आफनै घरमा आगो लगाउने काम गरे’
केपी ओली एक छत्र राष्टिय नेता, विकास र सम्वृद्धिको पनि नेता भएकाले अरु नेताले चिन्ता लिने गरेको उनको भनाइ छ ।
‘केपी ओली राष्टिय नेता भएकाले आफ्नै पार्टीबाट असहयोग भयो । सरकार बनेको दिन देखि आफनै पार्टीभित्र निहु खोज्नुभयो । विपक्षीले पनि नगर्ने काम आफ्नै पार्टीबाट भयो ।’,उनले भने
एकातिर कचकच, गनगन र विरोध गरिरहने अर्कोतिर सरकारले केही गरेन भन्नेर आरोप लगाउने काम भएको भन्दै उनले माधव प्रचण्ड समुहको आलोचना गरे ।
तीन वर्ष मन्त्री भैसकेपछि यो सरकारले केही गर्न सकेन भनेर तमासा देखाएको भन्दै उनले यस्तो कुराहरुलाई करेक्सन गर्नुपर्ने बताए ।
‘अहिले मिडियामा र बाहिर व्यक्तिहरुले यो संवैधानिक कु भयो असवैधानिक कदम भयो, यो निरकुसता भयो भनेर भनिरहन भएको छ के आफुलाई चुन्ने आफुलाइ सर्वसम्मत बनाउने नेता र संसदलाई प्रधानमन्त्रीले विघटन गर्ने कुरा खुशीको. कुरा हो त्यो खुशीको कुरा नभइ वाध्यता हो’, उनले जीकिर गरे ।