प्रतिनिधिसभा विघटनको विषयमा पृष्ठभूमिमा गएर अध्ययन गरौंः मन्त्री पुन

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकामन्त्री नरदेवी पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे भित्री रुपमा अनुसन्धान गर्नु जरुरी रहेको बताएकी छिन् ।

गण्डकी प्रदेश संसदको विषेश अधिवेशनमा बोल्दै उनले प्रतिनिधिसभा विघटनको मुद्धा अहिले सर्वोच्च अदालतमा रहेको र यो विषयमा आफूले धेरै नबोल्ने पुनले बताएकी छिन् । प्रतिनिधिसभा विघटनको पृष्ठभूमिमा गएर अध्ययन गर्न जरुरी रहेको उनको भनाई थियो ।

‘बहुमतको सरकार तथा बहुमत प्राप्त प्रधानमन्त्रीलाई पार्टीभित्र कति सहयोग रह्यो, प्रधानमन्त्रीले गरेका राम्रा कामहरुको प्रचार गर्ने काम पार्टीका नेताहरुबाट कति भयो जस्ता प्रश्नको मनमनै लेखाजोखा गर्नु जरुरी छ ।’ मन्त्री पुनले भनिन् ।

सिंगो देश नै कोभिड १९ संग लडिरहँदा पार्टी कमिटीले प्रधानमन्त्री ओलीलाई कति साथ दिए तथा यसको न्युनीकरणका लागि सरकारलाई सल्लाह सुझाव दिने काम गरे कि गरेनन् भन्ने विषय पनि महत्वपूर्ण रहेको उनको भनाई थियो ।

मन्त्री पुनले अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र त्यस्तो मुद्धानै नभएको स्पष्ट पारेकी छिन् । ‘त्यसैले हामीले सतहमा विघटन गर्नु राम्रो थिएन, विघटनको विषय राख्नुभन्दा पनि विघटन हुनुको पछाडिको कारणलाई, त्यसको पृष्ठभूमिलाई अध्ययन गर्नु जरुरी छ ।’ मन्त्री पुनले भनिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै राम्रा काम गरेको उनले दावी गरेकी छिन् । सरकारका राम्रा कामहरुलाई पार्टीने उजागर गरेर प्रचार गर्नुपर्ने अवस्था भए पनि त्यस्तो हुन नसकेको मन्त्री पुनले बताइन् ।

कमेन्टहरु
Loading...