एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने तयारी स्वरुप तयारी अगाडि बढेको छ ।
राष्ट्रपति ट्रम्पमाथि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्न अब केही दिनमात्र बाँकी रहँदा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । बिबिसीले जनाए अनुसार ट्रम्पविरुद्धको महाअभियोगको प्रस्तावमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सम्भावना रहेको छ ।
महाअभियोगको प्रस्तावमा २ सयभन्दा धेरै सांसदहरुले हस्ताक्षर गरेको बिबिसीले उल्लेख गरेको छ । हस्ताक्षर गर्ने सांसदहरु डेमोक्रेटका सांसद रहेको पनि बिबिसीले बताएको छ । ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि राजीनामा दिन केहीले सुझाव दिएका छन् । ट्रम्पलाई राजीनामा दिन रिपब्लिकन उमेद्वारहरुले सुझाव दिएको बताइएको छ ।
सभामुख नेन्सी पेलोसीले आफूहरु संविधान तथा लोकतन्त्रको रक्षाको लागि सधैं तत्पर रहेको र राष्ट्रपति ट्रम्पबाट दुवै खतरामा परेपछि कारवाहीको विकल्प नभएको बताएकी छिन् । ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारवाही गर्ने उनको भनाई रहेको छ ।
ट्रम्पले अमेरिकाको लोकतन्त्रमाथि हमला गरेको सभामुख पेलोसीले आरोप लगाएकी छिन् । महाभियोगमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारविरुद्ध त्यहाँको नागरिकलाई उक्साएको तथा हिंसालाई बढवा दिएको आरोप लगाइएको छ ।