पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाउन मनिषाको अपील

गन्थन डेस्क

अभिनेतृ मनिषा कोइरालाले आज पृथ्वीनाराणशाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाउन अपील गरेकी छिन् ।

कोइरालाले पृथ्वीनारायण्को अतुलनीय योगदानको कदर गर्न भन्दै आज ११ बजे शान्तिवाटिका, रत्नपार्कमा पञ्चेबाजा, धिमेलगायतको बाजागाजासाथ उपस्थित हुन आव्हान गरेकी छिन् । त्यहाँबाट सिंहदरबारस्थित शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनले जनाएकी छिन् ।

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्न समस्त स्वाभिमानी नेपाली नागरिकहरुमा हार्दिक आव्हान गर्दछु कोइरालाले भनेकी छिन् ।

कमेन्टहरु
Loading...