पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कसले कति मत प्राप्त गरे (हेर्नुस् )

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला १ हजार ३ सय ७५ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्धन्दी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरिन् ।

उद्योग तर्फ उपाध्यक्षमा गोकर्ण कार्कीले १ हजार ३ सय २७ मत ल्याइ विजयी भए भने प्रतिद्धन्दी चिनु कुमारी गुरुङले १ हजार १४ मत प्राप्त गरिन् ।

वाणिज्य उपाध्यक्षमा अर्जनु पोखरेलले १ हजार २ सय ४४ मत ल्याइ विजयी बने । प्रतिद्धन्दी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरे ।

उपमहासचिवमा केशब बहादुर खत्रीले १ हजार ३ सय २३ ल्याई विजयी भए । उनका प्रतिद्धन्दी धर्मराज वर्तौलाले १ हजार १३ मत प्राप्त गरे।

कोषाध्यक्षमा मत ल्याई बलराम आचार्य १ हजार २ सय ६५ विजयी भए । उनका प्रतिद्धन्दी तारानाथ ढुङ्गानाले १ हजार ७० मत प्राप्त गरे ।

महासचिव पदमा सुरेन्द्रमान विजुच्छेले १ हजार ५ सय १४ ल्याइ विजयी बने । प्रतिद्धन्दी धनिराम बरालले ८ सय २८ मत प्राप्त गरे ।

समान १५ मत ल्याएका बस्तुगत तर्फका सदस्य उदय बहादुर केसी , बलराम तिमिल्सिना , रुप नारायण भुजेल मध्य गोलाप्रथाबाट तिमिल्सीना र भुजेल विजयी भए ।

कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ , दिनेशचन्द्र बाँस्तोलाले १ हजार २ सय ८२ , देवेन्द्र केसी १ हजार ६ सय ८५ पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत , शोभा गौतम १ हजार ७ सय , भरत केसीले १ हजार ३ सय २३, सुमन बहादुर कोइरालाले १ हजार २ सय ७९ , सुमित प्रधानङ्ग १ हजार ४ सय १४ , हरिराज पन्त १ हजार ३ सय ८८ मत प्राप्त प्राप्त गरि विजयी भए ।

वरिष्ठ उपाध्यक्षमा पवन कुमार प्रजापती , औघोगिक तर्फबाट कार्यसमितिमा सदस्यमा लिलामणी पण्डीत निर्विरोध विजयी बने ।

 

कमेन्टहरु
Loading...