पोखरा । पोखरा उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
विषेश स्रोतले दिएको जानकारी अनुसार संघको सदस्य पदमा उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदनबाहदुर कोइराला, सुदीप प्रधानांग तथा हरिराज पन्त विजयी भएका छन् ।
अध्यक्ष पदकी उमेद्वार विन्दु कोइराला सुवेदीको प्यालनबाट पवित्रादेवी गुरुङमात्र विजयी भएकी छिन् । अन्य ७ जना नारायण कोइरालाको प्यालन तथा उत्तममान बुद्धाचार्य सहित सुदीप प्रधानांग स्वतन्त्र उमेद्वार हुन् ।