‘वैधानिक रुपमा नेकपा फुटेको छैन’, कमल थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा वैधानिकरुपमा नफुटेको बताएका छन् । आइतबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले नेकपा वैधानिक रुपमा नफुटेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन कार्य संविधानको विपरित रहेपनि ताजा जनादेशमा जान उचित हुने बताएका छन् । उनले भने, ‘प्रतिनिधिसभा विघटन सम्बन्धी निर्णयले संवैधानिक जटिलता सृजना गरेको छ । वर्तमान सरकार असफल भइसकेको छ ताजा जनादेशमा जान राम्रो हुन्छ ।’

साथै उनले प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको प्रर्दशनमा समेत बोलेका छन् । उनले अहिले नै गलत व्याख्या नगरेर अदालतको निर्णय फर्किनुपर्ने धारणा राखेका छन् । ‘विधानको व्याख्या र निरुपण सर्वोच्च अदालतको हो । सडकबाट सर्वोच्चलाई दवाब दिन मिल्दैन ।’

उनले संविधानमाथि प्रश्न गर्दै अहिलेको संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले तत्कालको अवस्थामा सबै हरबखत सतर्क रहनुपर्ने बताएका छन् । साथै उनले लोकतन्त्र बचाउन राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्र आवश्यक रहेको टिप्पणी गरेका छन् ।

त्यसका साथै थापाले राप्रपा भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादको विरुद्धमा लाग्दै हिन्दू राष्ट्र र संबैधानिक राजसंस्थाको लागि अगाडि बढीरहेको जनाएका छन् ।

कमेन्टहरु
Loading...