पोखरा । हिजो सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा ११ सय मत गन्दासम्म नारायण कोइराला प्यानलले अग्रता कायम गरेका छन् । गन्थन सहकर्मी सौगात पोखरेलका अनुसार स्वतन्त्रबाट निर्वाचनमा भिडेका २ जनाले समेत अग्रता कायम गरिरहेका छन् । अहिलेसम्म अध्यक्ष पदका उमेद्वार बिन्दु कोइराला पक्षका उमेद्वारले भने अग्रता लिन नसकेको पोखरेलले बताएका छन् । निर्वाचनमा २३ सय मत खसेको थियो । अहिलेसम्म ११ सय मतगणना गरिएको बताएको छ ।
