पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पोखरामा थप १ जनाको कोरोना भाइरसबाट ज्यान गएको जानकारी दिएको हो ।
कोरोनाबाट ज्यान गुमाउनेमा पोखरा १३ की ८३ वर्षीय महिला रहेकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ६ बजेर २१ मिनेट जाँदा ज्यान गएको हो । उनलाई पुस १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९६ पुगेको छ ।
यता पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ मा ४० वर्षीय १ जना तथा ४ मा ५४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय १ जना महिला तथा २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ मा ८५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।
वडा नम्बर ९ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ३५ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७० वर्षीय १ जना महिला सहित ४ वर्षीय १ जना बालक तथा २५ वर्षीय १ जना पुरुषलाई संक्तमण पुष्टि भएको हो ।
११ नम्बर वडामा ४४ वर्षीय १ जना महिला, १२ मा ४२ वर्षीय १ जना पुरुष, १३ मा २७ वर्षीय १ जना पुरुष तथा १६ मा ७५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना पुरुष तथा २ जना महिला रहेका छन् । सो वडामा ३८ र ४२ वर्षीय २ जना महिला तथा ३५ र ४४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३२ मा ८१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १ मा ६० वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ९ सय ४२ पुगेको छ ।