पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति बृजमान गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार मलाई काम गर्न दिइएन भन्ने गरेको भए पनि त्यो काम आफ्नै पार्टीको नेताहरुले भएको बताएका छन् ।
कांग्रेसले पोखरामा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता गुरुङले प्रधानमन्त्री ओलीले काम गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नरोकेर आफ्नै नेता तथा कार्यकर्ताले भएको दावी गरेका हुन् ।
नेपाली काग्रेसले प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालत तथा निर्वाचन आयोगले कसरी लिएको छ भन्ने विषयमा सोचिरहेको उनले बताए । केही व्यक्तिले नेपाली कांग्रेस निर्वाचनमा जान डरायो भनिरहेको अवस्थामा त्यो नभएको नेता गुरुङको स्पष्टोक्ति थियो ।
आफूहरु निर्वाचनका लागि तयार रहेको समेत उनले बताएका छन् । नेपाली काग्रेसले अनैतिक कार्यको विरोध गर्ने उनले बताए ।