पोखरा । नेपाली कांग्रेस पोखरा महानगरका सभापति बद्रीमान श्रेष्ठले सत्ता र शक्तिको लोभ तथा लुछाचुडीले गर्दा नेकपा फुटको संघारमा पुगेको बताएका छन् । पोखरामा नेपाली कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपामा पद तथा सत्ताको लोभ हावी भएको उनको दावी थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नगर्ने उनले दावी गरेका छन् । ओलीले निर्वाचन गर्छु भन्दै जनतालाई झक्याएर हिटलरको शैलीमा शासन गर्न खोजेको आरोप लगाएका छन् ।
चीनले समेत नेपालका कम्युनिस्टलाई यिनीहरु कम्युनिस्ट होइन रहेछन् भनेर बुझिसकेको उनको दावी थियो । कांग्रेसलाई कम्युनिस्टले भारतीय दलाल भन्ने गएको भए पनि कम्युनिस्टनै अहिले भारतीय दलाल बनेको उनको आरोप छ ।