उखान टुक्काले देश चल्दैनः तिमिल्सना

पोखरा । नेपाल महिला संघ कास्कीकी उपसभापति अनिता तिमिल्सिना वर्तमान सरकारले बहुमतका दम्भमा संसद विघटन गरेको आरोप लगाएकी छिन् । पोखरामा भएको विरोध कार्यक्रममा बोल्दै उनले तानाशाहीको विरोध गर्ने नेपाली कांग्रेसको दायित्व भएको बताइन् ।

जनताका कुन्ठिएका भावनालाई कसरी संरक्षण गर्ने भन्नेमा कांगेस लाग्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

जनताको भावनालाई कुल्चिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको उनले आरोप लगाएकी छिन् । केपी सरकारका उखान टुक्का तथा तानाशाहीले मुलुक धरासायी हुने उनले बताएकी छिन् ।

कमेन्टहरु
Loading...