नेपालका कम्युनिस्ट कायर हुन्ः नेवि संघका पूर्व केन्द्रीय सदस्य ढकाल

सुमन थापामगर

पोखरा । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले नेपाली कांग्रेस कमजोर नभएको बताएका छन् ।

अब आउने निर्वाचनमा कम्युनिस्टहरुलाई धुलो चटाउने उनले दावी गरेका छन् । पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले यो सुरुआत भएको र कांग्रेसले ट्रेलरमात्र देखाएको तर फिल्म देखाउनै बाँकी रहेको उनको दावी थियो ।

नेपालका कम्युनिस्टहरु क्रान्तिकारी नभएर कायर भएको आरोप पनि लगाएका छन् । हंसिया र हतौडाद्वारा डरको राजनीति कम्युनिस्टहरुले गरिरहेको उनले आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्रलाई उनले कांग्रेसमा आउन आग्रह गरेका छन् । ज्ञानेन्द्र समर्थितहरुको गतिविधि बढिरहेको बताउँदै उनले प्रर्व राजा ज्ञानेन्द्रलाई कांग्रेसको सदस्यता लिन आग्रह गरेका हुन् ।

हिजो कांग्रेस राणा, राजा तथा अन्यको विरुद्धमा लडेको भन्दै ढकालले अब कम्युनिस्ट पार्टी तथा लोकतन्त्रको रक्षाका लागि लड्नुपर्ने अवस्था आएको समेत उनले बताएका छन् ।

कमेन्टहरु
Loading...