कम्युनिस्टहरु भ्रमको खेती गर्छन्ः नेता तिवारी

पोखरा । प्रदेश सभा क्षत्रीय कार्यसमिति क्षेत्र न १ ‘ख’ ले पोखरामा आज सरकार विरुद्ध आन्दोलनको कार्यक्रम गरेको छ ।

देशैभरी विरोध कार्यक्रम आयोजना गर्ने योजना स्वरुप पोखरामा आज प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोध स्वरुप कार्यक्रमको आयोजना गरेको हो ।

पोखराको अमरसिंहमा भएको कार्यक्रममा बोल्दै युवा तरुणका तर्फबाट नेपाल दल क्षेत्र नम्बर १ का सभापति राधाकृष्ण तिवारीले २ तिहाईका सरकारका नेताहरु नै हामी यहाँ छौं भन्ने अवस्थामा पुगेको बताएका छन् ।

५० वर्ष शासन गर्छौं भन्ने कम्युनिस्ट सरकार तथा नेताहरुले संविधानको हत्या गरेर ५ वर्ष पनि टिक्न नसकेको आरोप लगाए । विभिन्न कार्यक्रममा गएर भाषण गर्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक मञ्चन गरिरहेको उनको आरोप थियो ।

वर्तमान प्रधानमन्त्री ओली ताानशाहीका रुपमा अगाडि बढिरहेको आरोप लगाउँदै उनले कांग्रेस फुटेरभन्दा पनि जुटेर जानुपर्नेमन जोड दिएका छन् । कम्युनिस्टहरुले जहिले पनि भ्रमको खेती गरेर जनतालाई प्रभावित बनाउने उनले बताए ।

कमेन्टहरु
Loading...