पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि भारत पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । पुस २० गते पत्नी सीताको उपचारका लागि भारत पुगेका प्रचण्ड आज साँझ स्वदेश फर्किने उनको सचिवालयले जानकारी दिएको हो । पत्नीको उपचारका क्रममा ५ दिन अगाडि उनी भारतको मुम्बई गएका थिए ।

प्रचण्ड पत्नी सीता विगत लामो समयदेखि अस्वस्थ छिन् । यस अगाडि पनि उनको विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । केही दिन अगाडि स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि भारत लगिएको हो । प्रचण्ड उपचाररत पत्नीलाई अस्पतालमा नै छोडेर आउने भए पनि छोरीहरु भने साथमा नै रहने बताइएको छ ।

कमेन्टहरु
Loading...