पोखरा । नेपालमा थप ५ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ८८ जना जना महिला तथा ३ सय ६६ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । हाल नेपालमा ५ हजार २१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ५ सय ८५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय ९ जना पुगेको छ ।
हाल नेपालमा १ हजार ५ सय ६१ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ८२ कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ३७ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै मुगु, सोलुखुम्बु तथा सल्यान सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।