एड्स रोग नियन्त्रण संघद्वारा बालमन्दिरका छात्राहरुलाई ‘मिन्स प्याड’ प्रदान

पोखरा, ९ पौष/महिनावारीको समयमा छात्राहरुको पढाई प्रभावकारी बनाउनको लागि एड्स रोग नियन्त्रण संघ कास्कीले बालमन्दिर उच्च मा.वि. लाई ‘मिन्स प्याड’ सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच मंगलबार संघका अध्यक्ष विश्वमोहन गौचनले बालमन्दिर उच्च मा.वि. जुनियर रेडक्रस सर्कलकी शिक्षक नायक शर्मीला रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।

photo mins padसो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदैँ विद्यालयका प्राचार्य शुशील बस्नेतले मिन्स प्याडको सहयोगले विद्यार्थीहरुलाई ठुलो सहयोग मिलेको बताउँदै संघलाई धन्यवाद दिनुभयो । जुनियर रेडक्रस सर्कलकी शिक्षक नायक शर्मीला रेग्मीले महिनावारी महिलाहरुको प्राकृतिक कुरा भएकोले सहज रुपमा लिन छात्राहरुलाई आग्रह गर्नुभयो । एड्स रोग नियन्त्रण संघ कास्कीका सल्लाहाकार अमृतलाल श्रेष्ठले संघले एच्.आई.भी एड्स तथा यौन रोगबारेमा विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनु भयो ।

सभापतिको आसनबाट बोल्नुहुदैँ संघका अध्यक्ष विश्वमोहन गौचनले महिनावारीका कारण छात्राहरुले कक्षा छाड्नु पर्ने बाध्यता अब हट्ने बताउनुहुदैँ सहि रुपमा सेनेटरी प्याड उपयोग गर्न आग्रह गर्नु भयो । संघका सचिव राजन उपाध्ययले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक , शिक्षिका एवं विद्यार्थीहरुको सहभागीता रहेको थियो । सो मिन्स प्याड पोखरा उपमहानगर पालिका वडा नं. १ बागबजार स्थित काफ्ले मेडिकल हलका प्रोपाइटर मेघनाथ काफ्ले ले सौजन्य गर्नु भएको हो । सो अवसरमा ५ सय ६० थान मिन्स प्याड प्रदान गरिएको थियो ।

यस अघि छात्राहरुले शुल्क तिरेर मिन्स प्याड लिने गर्दथे । यसले महिनावारीको बेला छात्राहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । विद्यालयमा कुल एक हजार १ सय ३२ ५६५ छात्राहरु अध्ययनरत् छन् । सोहि कार्यक्रममा संघले प्रकाशित गरेको “जनचेतना जगाअ‍ैाँ एच्.आई.भी. एड्स भगाऔँ” भन्ने स्मारिका विद्यालयलाई प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...