पोखरा । पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
४ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २५, ५२ र ८७ वर्षीय ३ जना महिला सहित २९ र ४१ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ७ मा १७ वर्षीय १ जना किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना महिला तथा २२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ मा ५९ वर्षीय १ जना पुरुष, १४ मा ७० वर्षीय १ जना पुरुष, १६ मा ३५ वर्षीय पुरुष तथा १७ मा ५९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तनहँमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको रिषिङ गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ८ सय ९१ पुगेको छ ।