काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्ड–नेपाल समुह दुवैले ७ दिनभित्र आधिकारिकता दावी गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आधिकारिकता दावीका लागि ७ दिनको म्याद दिएसंगै अब दुवै पक्षलाई आधिकारिक प्रमाणित गर्न अब ७ दिनमा बाँकी रहेको छ ।
स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपाको आधिकारिकताका लागि दिएको पत्रहरुको व्यहोरा समावेश गरेर निर्वाचन आयोगले नेकपाको दुवै पक्षलाई पत्र पठाएको जानकारी दिएका छन् ।
निर्वाचन आयोगले ओली तथा प्रचण्ड–नेपाल दुवै समुहलाई १ हप्ता अगाडि नै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दावी गर्न पत्र पठाएको भए पनि दुवै समुहले दावी गर्न सकेका छैनन् ।
आफूहरु वैधानिक हौं भन्दै दुवै पक्षले दावी नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार दुवै पक्षले दावी नगरेपछि प्रक्रिया अगाडि बढाउने समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ ।