दिपक के श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराइले प्रधानमन्त्रीको विकल्प खोज्ने काममा पार्टी लाग्ने बताएका छन् ।
पार्टीको दाहाल–नेपाल पक्षधर संयुक्त कार्यकर्ताको कास्की भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीबाटै कोपभाजनमा परेका निवर्तमान पर्यटनमन्त्री भट्टराइले अब नेकपाले प्रधानमन्त्री ओलीको विकल्प खोज्ने उल्लेख गरे ।
‘संसदमा अझै पनि नेकपा बहुमतमा छ’ उनले भने ‘बहुमतको संसदले प्रधानमन्त्रीको चयन गर्न सक्छ ।’ उनले प्रधानमन्त्रीको विकल्प खोज्दै कसैलाई प्रस्ताव गर्ने वा ओलीलाई नै निरन्तरता दिने भन्नेमा बृहद छलफल गरिने भनाई राखे ।
प्रम ओलीले पार्टीबाटै असहयोग गरेको भन्ने टिप्पणीप्रति उनले फरक मत राखे । ‘आफ्नो राजीखुशीमा धमाधम नियुक्त गर्ने, एकल निर्णय गर्ने, अझ उल्टै पार्टीले असहयोग ग¥यो भन्ने ?’ सोही क्रममा उनले पार्टीमा ध्वंस मच्चाउने साथीहरुले जनतालाई जवाफ दिनुपर्ने समेत बताए ।
कास्की जिल्लाले सँधै न्यायको पक्षमा साथ दिएको र जनपक्षीय विचारमा आफुलाई उभ्याएको भन्दै उनले सहभागी कार्यकर्तालाई फेरि पनि सोही रफ्तारमा अघि बढ्न अनुरोध गरे । भेलामा करिब १ हजारको सहभागिता रहेको छ ।