सिद्धबराहमा अनेरास्ववियुको समन्वयमा न्यानो कपडा वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २४ मा रहेको श्री सिद्धबराह आधारभुत विद्यालयका बालबालिकालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको छ । कास्की पोखरा जापान सम्पर्क समितिका अध्यक्ष विश्व सुबेदीको सहयोग र अनेरास्ववियुका केन्द्रिय सदस्यहरुको समन्वयमा ६५ जना बालबालिकालाई न्यानो कपडा र कपि–कलम वितरण गरिएको हो।

समन्वय अनेरास्ववियुका केन्द्रीय सदस्य साजन सुवेदी, अनिल कुवार, महेश श्रेष्ठले गरेका थिए । चिसो बढिरहेको अवस्थामा बालबालिकालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य साजन सुबेदीले जानकारी दिए । सुवेदीका अनुसार विद्यालयका ६५ जना बालबालिकालाई सुइटर र कपि–कलम वितरण गरिएको हो । कार्यक्रममा बोल्दै सुवेदीले शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...